आहा रारा पोखरा गोल्डकप फुटबल :थ्री स्टार र मछिन्द्र क्लब भिड्दै

काठमाडौँ । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा रगंशालामा दउँसो साढे २ बजे शुरु हुनेछ । प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० ले हराएको थियो । थ्रीस्टारले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको हो ।
पाँच पटकको च्याम्पियन थ्रीस्टार आजको खेल जित्दै सेमफिाइनलमा प्ग्ने लक्ष्यमा रहेको छ । ३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।