राष्ट्रिय महिला लिग सुरु हुँदै

२०८२ चैत्र ४ गते, बुधबार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा आज न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने एन्फाले जनाएको छ । यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।
लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लव र त्रिभुवन आर्मी क्लब सहभागी छन् । वैशाख १२ गतेसम्म ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]