रुसद्वारा युक्रेनमा ड्रोन आक्रमण: ९ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनमा ड्रोन आक्रमण गर्दा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा ९ जनाको मृत्यु भएको हो । आक्रमणमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको जनाएका छन् । किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको बताइएको छ ।
रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएका छन् । तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा यो आक्रमण भएको हो । – एजेन्सी