कुन्मिङ्मा व्यापार मेला सुरुहुदै

२०७१ जेष्ठ २३ गते, शुक्रबार


काठमाडौँ, २३ जेठ ।आजदेखि दक्षिण एसिया ब्यापार मेला चीनको युनान प्रान्तकको कुन्मिङमा सुरु हुँदैछ । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका नेताहरुको सहभागिता रहने मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री शुसील कोइरालाले स्थानीय समयअनुसार दिउसो ३ बजे सम्बोधन गर्ने भएका छन् ।
कुल ८० स्टल रहने मेलामा निर्यात योग्य नेपाली उत्पानहरु राखिनुका साथै नेपाली बस्तु, संस्कृति र पर्यटनबारे सुचना प्रवाह गर्ने ब्यवस्था गरिएको छ ।
मेलामा नेपाली साँस्कृत टोलीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छन् । युनानको प्रान्तिय सरकार र चिनको वाणिज्य मन्त्रालयद्धारा संयुक्त रुपमा आयोजनामा हुने मेलामा दक्षिण एसिया र दक्षिणपुर्वि एसियाका ४६ राष्ट्रको सहभागिता रहने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बैंकको ब्याजदर घट्यो !

२०८३ श्रावण ३१ गते, आईतवार