कामपाद्वारा गरिब घरपरिवार गणना सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार गणना सुरु गरेको छ । कामपाले गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । महानगरपालिकाका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।
सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ । उनीहरुले ट्याब्लेटमा विभिन्न विवरणहरु भर्दै तथ्यांक संकलन गर्नेछन् । त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौं महानगरपालिकाले तालिमसमेत दिएको थियो ।