अखिल समाजवादीद्वारा महिला हिंसाबिरुद्ध प्रदर्शन

२०८१ भाद्र ३ गते, सोमबार

काठमाडौँ । अखिल समाजवादी गोरखाले देशका बिभिन्न स्थानमा भैरहेको महिला हिंसाका विरुद्ध गोरखा सदरमुकाम हरमटारीमा प्रदर्शन गरेको छ। अखिल समजवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण सीको नेतृत्वमा निर्मला पन्त लगाएत अन्य पिडितहरुको फोटो प्रदर्शन पोस्टर प्रदर्शनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
अध्यक्ष भीषण सीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला समिति, छात्रा विभाग लगाएत दर्जनौं विद्यार्थीहरुको सहभागिता रहेको अखिल समाजवादी गोरखाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता भीषणले अखिल (समाजवादी) सदैव शैक्षिक मुद्दाहरू सहित जनजिविका,नागरिक अधिकार,आम उत्पीडन वर्ग र युवा विद्यार्थीहरुको पक्षमा लड्ने सङ्गठन भएकाले देशमा हुने सबैखाले उत्पीडनको बिरुद्ध अनवरत लडिरहने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार