नेपाल र भारतबीच महिला फुटबल मैत्रीपूर्ण खेल हुँदै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम र भारतबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने सो खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ । नेपालले यसअघि भारतसँग १८ खेल खेलेको छ । जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ । त्यस्तै ११ खेल भारतले जितेको छ ।
नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो । मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।
