संंविधानको पूर्नलेखन र राज्यको पूर्नसंरचना अनिबार्य

२०८२ फाल्गुन ११ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीलेसंंविधानको पूर्नलेखन गर्न र राज्यको पूर्नसंरचना अनिबार्य भएको बताएका छन्। आईतबार नेकपा (माओवादी)को चुनावी भेटघाटका क्रममा रास्कोटको बालुखेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले जेनजी आन्दोलनपछि संंविधान र व्यवस्था असफल भएको भन्दै माओवादी संंविधानको पूर्नलेखन गर्न र राज्यको पूर्नसंरचना गर्न चुनावमा आएको बताए । उनले भने- ‘हाम्रो देशमा जेनजी आन्दोलनपछि संविधान र व्यवस्था असफल भयो, हामीले १२ बर्ष अघि संविधान विदेशीको ड्राफ्ट गरेर बनेको भनेका थियौ, आज पुष्टि भएको छ, जसले गर्दा गणतन्त्र दलाल पुँजीपतिवर्गको हालमा पुग्यो, यो गणतन्त्र नभई लुटतन्त्रमा परिणत भयो।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपालमा गणतन्त्र नभई लुटतन्त्र आएको भन्दै यसलाई समाजवादमा बदल्नुको विकल्प नभएको बताए । उनले यो चुनाव विगतको जस्तो नभई राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको अधिकारको सुनिश्चिता गर्ने चुनाव भएको बताए ।
यसैगरी, पचालझरनाको नुवाघरमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले जनताको संघीय समाजवादी व्यवस्थाका र स्वाधीनताको लागि चुनाव हुन गएको बताए । उनले जनताको प्रतिनिधि नेता र पार्टीलाई विजय गराउन अपिल समेत गरे ।
कार्यक्रममा नेकपा (माओवादी)की समानुपातिक उम्मेदवार भृकुटी सीले जनताको संविधान बनाउने लडाईमा निरन्तर संघर्ष गरेपनि जनताको संधिवान नबनेपछि सडकमा आएको बताइन । उनले जेनजी विद्रोहपछि संविधान विहिन देश बनेको भन्दै संविधानको पूर्नलेखन गर्न र जनताको राज्य व्यवस्था बनाउन चुनावमा आएको बताइन । उनले यतिवेलाको चुनावमा कर्णालीकै माओवादी आन्दोलनका संस्थापक नेता प्रकाण्डलाई जिताउन आग्रह गरिन ।

यसैबीच, पचालझरना गाउँपालिकाको नुवाघरमा विभिन्न पार्टी परित्याग गरि ३७ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा प्रवेश गरेका छन । आइतबार नेकपा (माओवादी)को चुनावी भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३७ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन ।
नेकपा (माओवादी)का अनुसार नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि ३७ जना प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई नेकपा (माओवादी)का उम्मेदवार तथा प्रवक्ता प्रकाण्ड सीले फुलमाला र अविर लगाएर स्वागत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]