ट्राफिक कारबाही : एकैदिन १८ लाख ८१   हजार राजस्व सङ्कलन

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काठमाडौँ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ ।

 कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु