ट्राफिक कारबाही : २४ घण्टामा २१ लाख ८६ हजार राजस्व संकलन

२०८३ असार २ गते, मंगलवार


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा २ हजार २९९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेको जनाएको छ । कार्यालयका अनुसार त्यसबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, संकेत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२१ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु