ट्राफिक कारबाही : २४ घण्टामा ५ लाख बढी राजस्व संकलन

२०८३ असार १४ गते, आईतवार


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २४ घण्टामा एक हजार ९ सय २२ जना सवारीचालक सवारी नियम उल्लंघन गरेको आराेपमा कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ राजस्व संकलन भएको छ । मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १ सय २९ र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय ३९ जनालाई कारबाही गरिएको गरिएकाे छ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ९६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी जनाएकाे हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु