कर्णालीका दु:ख भुगोल कि राज्य ?
कर्णाली भन्दा धेरै मानिसको मानसपटलमा विकट, पिछडिएको, गरिवी, अभाव र केन्द्रिय सत्तासंग पहुच नभएको भन्ने बुझाईको भास्य अहिले पनि रहेको छ । तर यो पनि हो कर्णाली सुन्दर छ। पर्यटनको प्रचुर संभावनाले भरिपुर्ण छ, कर्णालीको आफ्नै सभ्यता छ, आर्थिक दृस्टिले आत्मनिर्भर वन्न सक्छ, राजनितिक हिसावले देशको नेतृत्व गर्न सक्छ, सामाजिक र सासंकृतिक हिसावले नयाँ सभ्यता र पहिचान देशलाई नै बाढ्न सक्दछ । कर्णालीलाई सदियौ देखि राज्यले उपेक्षा गरिरह्यो, कर्णालीको सभ्यता, भासा,संस्कृति, राजनिती र आर्थिक लगायतका अधिकारलाई केन्द्रिकृत सत्ताले खोसेको यथार्थता हो त्यसको नेतृत्व पृथ्वीनारायण शाहले गरे र त्यसलाई एकीकरणको नाम दिइयो फलस्वरुप: कर्णाली र यहाँका नागरिकले राज्यवाट जहिले सौतेनी व्यवहार भोग्नु पर्यो र अहिले पनि राज्यले कर्णालीलाई दुर्विन बाट हेर्नु पर्ने अवस्था रहेको छ । भनिन्छ १२औं -१४ औं शाताब्दीमा शक्तिशाली र समृद्धि खस मल्ल राज्यको केन्द्रको रुपमा रहेको यो क्षेत्र नेपालको एकीकरण संगै केन्द्रिकृत राज्यको नजरमा जहिले पनि किनारीकृत गरिएर कर्णालीले सौतेनी व्यवहार भोगीरह्यो । कुनै बेला कर्णाली समृद्धि थियो कर्णालीमा उत्पादित खाद्यन्नवस्तु तिब्बत देखि भारत सम्म निर्यात हुन्थ्यो विशेष गरी नुन, उन र अन्नको विनिमय हुन्थ्यो । त्यो आत्मनिर्भर बनेको कर्णाली व्यापारमा पनि अब्बल थियो । इतिहासलाई पल्टाउदा कर्णालीमा सन ७४२ सम्म मातृसत्तात्मक राज्य थियो । आमाको जातवाट वच्चाहरुको जात निर्धारण हुन्थ्यो र पैतृकसम्पतिमा छोरीको हक हुन्थ्यो । हामिले हेर्दा कर्णालीमा विसाल खस राज्य थियो यस राज्यको गृस्मकालिन राजधानी जुम्लाको सिंजा र शितकालिन राजधानी दैलेखको दुल्लु थियो । १८४६ मा गोर्खाली शासकको अधिनमा जानु भन्दा अघि सम्म सिंजा राज्य अन्तर्गत २२ ओटा राज्य, ७ ओटा उपराज्य, ११ ओटा प्रान्तिय राज्य र ७ थपला समेत गरी ५६ ओटा भन्दा वढि प्रशासनिक क्षेत्र क्रीयाशिल थिए । प्रशासनिक कार्यकुशलतालाई हेर्दा पनि अब्बल रहेको देखिन्छ ।
कर्णालीको इतिहास वहादुरीको पनि हो जस्तो पृथ्वीनारायण शाहले जुम्लामा प्रथम पटक आक्रमण गर्दा उनले हार खानु परेको थियो र स्वयम उनि नराम्रो संग घाईते हुन पुगेका थिए । वि. स. १७८१ मा उनका कान्छा छोरा वहादुर शाहाले व्यापक तयारीका साथ चाडपर्वको मौका पारी अमानवीय तरिकाले दोश्रो आक्रमण गरेर मात्र जुम्ला राज्य कब्जा गर्न संभव भएको थियो । ईसाको प्रारम्भ देखि आधुनिक नेपालको एकीकरणको समय सम्म एक छत्र शक्ति केन्द्रका रुपमा कर्णाली थियो । तर एकात्मक राज्य व्यवस्थाले कर्णालीलाई घृणा र हेपाह दृस्टीले काम गर्यो जहाँ नागरिकहरु नर्कको जिवन विताउनु पर्यो ।
कर्णालीको समग्र विकासको कुरा गर्दा पहिलो वहसको विसय बन्ने गरेको त्यहाँको भुगोल वनोटको कुरा आउने गर्छ । के ? कर्णालीको जन अधिकार र विकासमा अहिले मुख्य बाधक भुगोल हो यो सर्वत्र छलफलको बिषय वनाईनु पर्छ । यदी भुगोल नै हो भने विशेष राज्यले किन ध्यान पुर्याएन । यहाँ के भुगोल मात्र छ, नागरिकहरु छैनन ? राज्यले केवल भुगोलको मात्र चर्चा गर्ने होइन त्यहाँका नागरिकहरुको पनि चर्चा गर्न जरुरी छ । भौगोलिक जटिलतालाई देखायर कर्णालीका जनताले भोग्दै आएका समस्याहरुबाट राज्य भाग्नु नै अहिलेको मुख्य समस्या हो । भौगोलिक जटिलता हो मान्न सकिन्छ तर राज्यले गर्ने विकास भौगोलिक जटिलता भनेर उम्किन पाईन्छ ? राज्य चलाउने शासकहरुको दिमागमा नै जटिलताको शव्दकोशले काम गरेको देखिन्छ । भौगोलिक विकटता देखायर गरिने व्यवहारले कर्णालीको विकासमा अहिले वाधाहरु देखिएका छन । प्राविधिक समस्या सामान्य हुन मुख्य कुरा कर्णालीलाई हेर्ने राज्यको नजरमा नै खोट देखिएको कुरा सत्य हो । विश्वका थुप्रै कर्णाली भन्दा विकट ठाउँहरु छन त्यहाँको राज्यले स्वर्ग वनाई सक्यो त्यस कारण राज्यको सहि भिजन चाहिन्छ र सहि जनताको राज्य व्यवस्थाको खाचो परेको भान हुन्छ । कर्णाली विकट होइन कर्णाली सुन्दर छ भन्ने भास्य स्थापित गर्न कर्णाली बाट जितेर गएका सांसदहरुले गर्न सकेनन त्यो हिजो र आज । वरु मगन्ते वन्नु पर्ने वाध्यता सधै रह्यो । कर्णाली आफैमा वैभवशाली हो तर संसदवादी परनिर्भर नेताहरुका कारण कर्णालीलाई मागी खाने परिचय बनाईयो । कर्णालीको जल, जडिबुटी, जंगल, अन्न र पर्यटनलाई आयश्रोतमा ल्याउन दीर्घकालीन योजना बनाउनमा नेताहरुले पर्याप्त समय खर्चियनन वरु नागरिकलाई केन्द्र सरकारले दिन्छ र हामी खाउला भन्ने आशामा दिनहरु वित्दै गएका छन । भौगोलिक हिसावले नेपालकै ठुलो प्रदेश हो र नेपालकै धनि प्रदेश वन्न सक्छ त्यसका लागी कर्णाली वासी र नेताहरुको उचित पहलकदमीको खाचो छ । सत्ता संचालकहरुले भौगोलिक विकटता देखायर कर्णालीको विकासमा उदासिनता र बेखवरी बन्न भने हुदैन ।
बोलीने नेपाली भाषाको उदगम स्थल कर्णालीको सिंजा हो । त्यस्तै नेपालको गहिरो ताल से- फोक्सुण्डो पनि कर्णालीको डोल्पामा पर्दछ, सवै भन्दा उच्चस्थानमा मानववस्ति भएको छार्काभोट डोल्पामा छ। अन्त कतै नबोलीने काईके भासा डोल्पाको काईके गाउँपालिकामा मात्र बोलीन्छ, । नेपालकै सबै भन्दा ठुलो ताल रारा मुगुमा पर्दछ। एसियाकै अग्लो झरना पचालझरना कालिकोटमा अवस्थित छ। त्यस्तै संसारकै सवैभन्दा उच्चस्थानमा धान फल्ने पातारासी जुम्लामै पर्दछ भने नेपालकै ठुलो प्रदेश कर्णाली प्रदेश र लामो नदी कर्णाली हो । कर्णालीमा वहुमुल्य धातु, वहुमुल्य जडिबुटी र कस्तुरी मृगहरु कर्णालीमै पाईन्छन । कर्णाली प्राकृति हिसावले सु- सम्पन्न हुदाहुदै आज आभावको परिचयले चिनिनु हाम्रा लागी दु:खद पक्ष हो । हामी संग जे जति प्राकृति श्रोतहरु छन सहि ढंगले सदुपयोग गर्यौ भने देशलाई नै कर्णालीले पाल्न सक्छ र देशलाई आत्मनिर्भर र समृद्घ गर्न सक्छ । विडम्बना भनौ राज्यको त्यो इच्छाशक्ति भएको पाउदैनौ । दलाल र नवदलालहरुले कर्णालीका जनतालाई सुनको कचौरामा भिक माग्ने बनाई राखे र कर्णालीलाई सरणार्थी सरह व्यवहार गरे । हामी कर्णालीका मान्छेहरुले हरेक शासनलाई नजिक बाट निहाल्यौ । हामी नयाँ – नयाँ तरिकाले पछि पारियौ । महान दशवर्सको जनयुद्धले राजनितीक चेतनामा कर्णालीलाई उचाईमा उठायो त्यसले पनि कर्णालीको सहि राजनितिक अधिकार, सांस्कृतिक अधिकार, आर्थिक अधिकार र कर्णालीलाई स्वायत्तता दिन सकेन। आज एकीकृत जनक्रान्ति त्यसको अधिकारमा उठेको छ । विभिन्न चरणमा हरेक पार्टीका नेताहरुलाई जनताले अवसर दिए तर त्यसको विपरित काम गर्न पुगे । कर्णालीबाट आशा गरेका नेता प्रकाणड हुनुहुन्छ। उहाँले मन्त्रीपरिसदमा रहदा कर्णालीका लागी केही राम्रा काम गर्नु भयो तर सरकार वाहिरिनु पर्ने कारणले कामहरु अधुरा रहे । प्रकाण्ड क्रान्तिकारी संघर्षमा लागेका कारण पनि केही हुन नसकेको यथार्थ हो । कर्णालीलाई बनाउन सकिन्छ , त्यो सम्भव समाजवादी व्यवस्थामा मात्र हो । त्यसैले कर्णालीवासीको विद्रोहको चेत ज्युदै छ। त्यसका लागी हातेमालो गरौ, संघर्ष रोजौ, हामी कर्णालीवासीलाई दुख दिएको भुगोलले होइन दलाल राज्यले हो एकमत बनौँ ।
- लेखक : नेकपा ( माओवादी ) का सांगठनिक अधिवेशन आयोजक समिति सदस्य हुन ।

