पेशाकर्मीमाथि राजस्वको निगरानी

२०७० भाद्र २२ गते, शनिबार

काठमाडौँ । राजस्व अनुसन्धान बिभागले कर छली गरेको आशंकामा धेरै आम्दानी गर्ने वकिल, चार्ट्ड एकाउन्टेन्ट र डाक्टरलगायत पेशाकर्मीमाथि अनुसन्धान शुरु गरेको छ । विभागले शुक्रबार नेपाल वार एशोसिएसनका पूवअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाको ल र्फमसहित ६ जना धेरै आम्दानी गर्ने पेशाकर्मीहरुको र्फममा छापा मारेको छ । कर छलीको आशंकामा विभागले पुतलीसडकमा रहेको वरिष्ठ अधिवर्ता थापाको ल र्फम लिगल एडभाईजरीमा छापा मारेको हो । विभागको टोलीले त्यहाँबाट कागजात, एउटा ल्यापटप, सिपियू र दुइ वटा भ्याट बिल प्याड कब्जामा लिएको छ ।
विभागका उपसचिव खिम कुँवर नेतृत्वको टोलीले चार्ट्ड एकाउन्टेन्ट बिके अग्रवालको सिफलमा रहेको र्फम जनचेतना ल र्फम डिल्लीबजार, विम कन्सल्टेनसी नयाँ सडक, डिजाईन सेल प्रालि नक्साललगायत छ ठाउँमा छापा मारेको विभागका महानिर्देशक खुमराज पुञ्जालीले जानकारी दिए । ती सबै ठाउँबाट बिभिन्न कागजात कब्जामा लिइएको भन्दै महानिर्देशक पुञ्जालीले अनुसन्धान गर्ने जानकारी दिए । बिभागले वरिष्ठ अधिवक्ता थापा सहित छापा मारेका सबै र्फममा सञ्चालकलाई २५ गतेभित्र बिभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै बिभागको टोलीले डा. असर्फी शाहमाथि पनि अनुसन्धान शुरु गरेको छ । उनको कान्तिपुर अस्पताल, बयोधा अस्पताल र पोलिक्निकमा बिभागको टोली पुगे पनि शाह नभेटिएकोले ३ दिनभित्र बिभागमा उपस्थित हुने निर्देशन सहितको चिठी घरमा छोडिएको महानिर्देशक पुञ्जालीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]