मार्न नखोज – महादीप पोखरेल

मरुभूमिमा पनि जिउन जानेको छु,
पापीहरू हो ! तड्पाएर मार्न नखोज ।
डरलाग्दो जंगलमा पनि जिउन जानेको छु,
अपराधीहरू हो ! तर्साएर मार्न नखोज ।
अभाव र पीडामा पनि जिउन जानेको छु,
भ्रष्टहरू हो ! गलाएर मार्न नखोज ।
कालो रातमा पनि खुशी साथ जिउन जानेको छु,
खुनीहरू हो ! एक्ल्याएर मार्न नखोज ।
भर्भराउँदो आगोमा पनि जिउन जानेको छु,
हत्याराहरू हो ! जलाएर मार्न नखोज ।
खरानी र बाटोबाट पनि उठेर जिउन जानेको छु
पाखण्डीहरु हो मरेको छैन म, मृत्यु भोज खान नखोज ।