शासककाेलागी दशै जनताको दशा

खासमा यस लेख मार्फत हिन्दुहरुको महान सांस्कृतिक पर्व मध्ये हिन्दु नेपालीहरुले मान्ने दशैँ पर्वका बारेमा केही सत्य र तीतो यथार्थलाई कोट्याउने प्रयास मात्र गरेको छु! सधैंझै एउटा ठूलो संकट बनेर भित्रिने दशैं यसपाली पनि भित्रिएको छ ! काेराेना महामारि, भुकम्प बाढी -पहिराेले नेपाली जनताकाे धेरै ठुलाे धनजनकाे क्षति भएको मात्रै हाेईन कतिले आत्महत्या समेत गरे। अहिले फेरि डेङ्गुले त्यस्तै आतंक सिर्जना गरीरहेको छ भने अर्कोतिर महंगी जनताको ढाड सेक्ने गरी आकासिएको छ ! कालाबजारीया, लुटपाट, लालआतङ्क केही फाईदाका निम्ति साना–ठुला व्यापारी समेतले मच्चाएका छन ! यसले श्रमजीवी जनतालाई विहान वेलुकाकाे छाक टार्न समेत मुस्किल भएको छ ! सिटामाेलसमेत नपाएर ज्यान गुमाउनु परेकाे तिताे यथार्थ हाम्रो सामु छ!यस्ताे अबस्थामा पनि राज्यकाे ढुकुटी लुट्ने र सात पुस्तालाई पुग्ने गरि थाेपर्न संसदवादी दललाहरु सत्ताकाे लुछाचुडिमा लागिरहेका छन ! दुखद भन्ने या सुखद फेरि दशै भित्रीएकाे छ ! खासगरी याे दशैं राज्यको सम्पत्ति ब्रम्हलुट गरेर अकुत सम्पत्ति कमाउनेहरुका लागि यो विलासी आडम्बर देखाउने ठूलो अवसर भएको छ भने गरिब निमुखा श्रमजीवि जनताका लागि एउटा ठूलो चूनौती बनेर उभिने गरेको छ । यस अर्थमा बर्गीय विभेदको उच्च रुप दशैंमा देख्न पाईन्छ ! भनिन्छ, गोलीले ढाल्न नसकेका जनतालाई धर्मरुपी अफिमले ढाल्न सकिन्छ।” यो नियमलाई इतिहासदेखि वर्तमान सम्मका शासक भनउदाहरुले कुशल रुपमा उपयाेग गर्दै आइरहेका छन्। यस मर्मलाई कुन स्तरसम्म प्रयोग गर्दछन् भन्ने जनतालाई त्यसको पत्तो नहोस्।दशैं यस्तो हतियार बनेको छ, जुन अन्धविश्वास, हिन्दु धार्मिक आडम्बर, सामन्तवाद,पूंजीवादको केन्द्रिकृत संस्कृति स्थापित गर्न र बाचुन्जेल सत्ता टिकाउन यसले भुमिका खेलेकाे सर्वबिदितै छ।
हिन्दु धार्मिक मान्यता अनुसार रामले रावणमाथि विजय गरेवापत हर्षोल्लासका रुपमा मनाउने पर्व भनिए पनि दशैंसँगै जोडिएका थुप्रै मिथकहरु पनि छन् । ती मिथकहरु मुलतः श्रम नगर्ने र लुट्ने शासकहरुको भजन गाउनुमा आधारित रहेको छ भने श्रमजीवि वर्ग र जनतालाई अपमान गर्ने गरिन्छ ! जुन राज्यमा श्रमको सम्मान हुँदैन त्यो मुलुक कहिल्यै पनि माथि उठ्न सक्दैन भन्ने कुरा घाम जतिकै छर्लङ्ग छदैछ। राम देवताहरुको प्रतिनिधि हुन भने रावण राक्षसहरुको प्रतिनिधि, देवताहरु ठगिखाने र लुटिखाने शासक जातीहरु थिए भने राक्षसहरु काम गरिखाने वर्गका थिए!यी राक्षसहरुको केही सकारात्मक पक्ष र देवताहरुका नकारात्मक पक्ष कहिलै जनसमक्ष आउन सकेन!इतिहास जित्ने शासकहरुले आफ्नो महिमामण्डन गर्नका लागि यस्ता चार्डपर्व मार्फत जनतालाई आफ्नो अनुकूल जबर्जस्त होम्ने गर्दछन् । त्यसकारण धार्मिक ग्रन्थमा लेखिएका हुबहु अनुुसरण होइन हाम्रो सोच्ने तरिकामा समेत विज्ञानसम्मत दृष्टिकोण अबलम्बन गरिनुपर्दछ! हामि यतिवेला एकात्मक सामन्ती राजतन्त्रामक व्यवस्थाकाे अनत्य गरि संघिय लोकतान्त्रिक गणतन्त्रमा छौ, चाहे नाम मात्रै काे किन नहोस!राज्य धर्म निरपेक्ष हुनेछ भनेर घोषणा समेत गरिसकेका छौं । तर राज्यसत्ताको सोच चिन्तन र कार्य शैलीमा अहिलेसम्म पनि बद्लाव नआएको प्रष्ट छ!अहिले पनी सामन्ती रुढिवादि परम्परागत सोच चिन्तन र कार्यशैलीबाट राज्यसत्ता परिचालित भइरहेको छ ।
सरकारले लामो समय सरकारी विदा दिनु कर्मचारीहरुलाई थप पेश्की रकम दिनु धार्मिक अनुष्ठानहरुमा खुल्लम खुल्ला पशुहरुको बध गरिनु ।राष्ट्रपति लगायतहरुले आह्वान गरेर टीका लगाई दिनु आदिले राज्यको विकृत चिन्तले एकल सामन्ती सोचलाई प्रष्ट पार्दछ ! दशैँ जस्ता संस्कृतिलाई राज्यले जबर्जस्ती हस्तक्षेप गरेर धर्म निरपेक्ष राज्यको खिल्ली उडाएको छ।अब यसलाई बदल्न र सबैलाई समान दृष्टिकोणले व्यवहार गर्न राज्यले दशै पर्वलाई दिइदै आएको विशेष अधिकार र छुटको अन्त्य गरिनुपर्दछ। राज्यले मुसलमानहरुको इद, इसाइहरुको क्रिसमस, मगरहरुको माघेसंक्रान्ति, थारुहरुको माघी, मधेशीहरुको छठ सरह दशैंलाई व्यवहार गर्ने समान नीति अबलम्बन गर्ने हो भने दशैंमा हुने यस प्रकारको विकृति सधै रहन पाउँदैन। विडम्बना के हुने गरेको छ भने शासकहरुले चाडपर्व वा संस्कृतिमा अनावश्यक रुपमा हात हालेर आफ्नो अनुकूल हिडाउँन प्रत्यन गरेकाले नै अर्को समुदाय अपमानित हनु परेकाे छ!यस्ता चाडपर्वहरु मार्फत हिजोका राजा-महाराजादेखि आजका शासक भनाउदाहरुले जनताको शोषण गर्ने र राज्य सम्पूर्ण रुपमा कब्जा गरेर आफ्नो स्वार्थ अनुकुल हिडाउन प्रयोग गर्दै आहिरहेका छन । यति सम्मकी विगतमा जनता चाडपर्व को रसातलमा रमाइरहेका बेलामा शासकहरुले जनताको ढाड सेक्ने गरी जनविरोधी निर्णयहरु समेत गरेका थुप्रै उदाहरण छन् । जनतालाई धर्मको आडम्बरमा लपेटिएको संस्कृतिमा भुलाएर शासकहरुले आफ्नो सत्ता टिकाउन जनविरोधी हर्कत गरेकाे इतिहास साक्षी छ!अर्को कुरा निकट भविष्यमा चुनाव हुदैछ!दलहरु चुनाबका लागि जनताका घरदैलोमा फोस्रा, वासि- सडेगलेका आसवासन बाेकेर आउदैछ्न अब सचेत भएर साेध्ने वेला भएको छ!के याे चुनावले वर्तमान नेपालकाे सङ्कट समाधान गर्न सक्छ?सक्दैन भने भाेट किन र केका लागि हाल्ने गाउँ -गाउँमा प्रश्न तेर्सिनु पर्छ!याे लाेकतन्त्र हाेकि जहान-परिवारतन्त्र?यो लोकतन्त्र होकि पैसातन्त्र?यो गणतन्त्र हाेकि निरंकुश राजतन्त्र? हिजाे गरेका बाचा र देखाइका सपना किन विचबाटाेमा नै अलपत्र पारिए काे काे छन जिम्मेवार कठघरा उभ्याउने बेला भएन र?अब ढिला नगरि सचेत र रचनात्मक ढङ्गबाट जनताहरु एक हुनुकाे विकल्प छैन!यति मात्रै हाेईन अलौकिक शक्तिको आडमा, धर्मको नाममा, भगवानको नाममा, तपस्वीको नाममा, बाबाहरुको नाममा हजारौ वर्षदेखी जुन वर्गले शोषण र लुट मच्याउने काम गरेकोछ यसतर्फ हामी सबै सचेत हनु आवश्यक मात्रै होइन अत्यावश्य भैसकेको छ।जनता सचेत भए मात्र शासकहरुले गडबडी गर्न पाउदैनन्!त्यसकारण यस दशै भित्र भएका सकारात्मक पक्षहरुलाई अबलम्बन गर्दै रुढीवाद,भाग्यवादमा होइन उन्नत वैज्ञानिक दृष्टिकोण अबलम्बन गरेर हामीले दशैं जस्ता पर्वहरु मनाउनु पर्छ । समग्रमा दशैं गरिबहरुका लागि दशा बनेर खडा भएकाले यसको विकल्प जनताले सोच्नेबेला आएको छ, जनताको बलिदान, त्याग, तपस्या, आन्दोलन विद्रोह मार्फत प्राप्त भएका ऐतिहाँसिक विजय उत्सवहरुलाई हामीले चाडपर्वको रुपमा मनाउनुपर्दछ ।आजका युगका चर्चित वैज्ञानिक स्टेफन हकिन्सले प्रमाणित गरेर देखाइदिएका छन्, कि संसारमा देख्न र श्रवण गर्न सकिने चिज बाहेक यी संसारमा अर्को दोस्रो शक्ति छैन । त्यसकारण अदृश्य शक्तिको आडमा जनतालाई जर्बरजस्ती अन्धविश्वासमा रुमल्याउने अवैज्ञानिक पर्वहरुको सबैले विकल्प खोज्न जरुरी छ ।
अन्त्यमा, जे भएपनि अहिले दशैँ पर्वले सबै नेपाली दाजुभाई दिदी बहिनी सबै नेपालीमा मेलमिलाप को सन्देश छाडोस्, जुवा, तास, जाड रक्सी जस्ता विकृतिबाट टाढा राखोस् । सबै नेपालीमा सद्बुद्धी पलाओस्, वैज्ञानिक समाजवादका लागि एकाकार हुन सबै राजनैतिक दलका नेताहरुलाई सद्बुद्धी दिलाओस्!समानता सहितकाे नयाँ नेपालका लागि क्रान्तिकारी पाटि र आम जनतामा नयाँ उर्जा र हौसला थपियाेस नयाँ समाज निर्माणका लागि याे दशै पर्व काेसे ढुङ्गा वनाेस मंगलमय शुभकामना !
purushdimond73@gmail.com