अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राध्यापक क्लाउडियालाई

२०८० आश्विन २३ गते, मंगलवार

काठमाडौँ। अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी छिन् । महिलाको श्रमबजारका योगदानबारे गरिएको खोजका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।
स्विडेनको स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन्।
यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ। सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगतमा ‘बैंक अफ स्विडेन पुरस्कार’को रूपमा चिनिन्छ।
सन् २००७र०८ को वित्तीय संकटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

म गाउन खोज्छु

२०८२ बैशाख १८ गते, बिहीबार

ओ मास्टर साव !

२०८२ बैशाख १७ गते, बुधबार

आगोका अजम्बरी झिल्का

२०८२ बैशाख १४ गते, आईतवार