लुटको अखडा बन्दैछ, स्वरोजगार कोष

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कोषकै कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको कारण भ्रष्टाचारको अखडामा परिणत भएको कोषका कर्मचारीले बताएका छन् । विगतमा पनि कोषमा ब्रहृमलुट मच्चाएका गुरागाईंले तत्कालीन सरकारले कारवाही गर्न लागेको थाहा पाएपछि राजीनामा दिएर हिँडेका थिए । एमाओवादीको खोल ओढेर स्वरोजगार कोषको कार्यकारी निर्देशक बन्न पुगेका गुरागाईंले एमाओवादीको बद्नामी गरेर करोडौँ रूपैयाँ अपचलन गरेपछि तत्कालीन सरकारले उनीमाथि कडा नजर राखेको थियो । आफ्नो ब्रहृमलुटमा अर्थमन्त्रालयले अंकुश लगाउन थालेको र अख्तियार दुरूपयोग अनुसन्धान अयोग र राष्ट्रिय र्सतर्कता केन्द्रमा उजुरी परेपछि उनले तत्काल कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । कोषमा ब्रहृमलुट मच्चाउने गुरागाईंले राजीनामा दिएपछि अब कोषको काउसो हट्यो भनेर खुसियाली मनाएका कर्मचारी त्यतिबेला तिनछक परे जब काँग्रेसको सरकार बन्यो र गुरागाईं पुनः कार्यकारी निर्देशक मै हुँ भनेर पुनः कोषमा झुल्किए । यसै विषयमा कोषका एक कर्मचारी भन्छन्, कार्यकारी निर्देशक गुरागाईं कतिसम्म घृणित खेल खेल्छन् भन्ने यहीँबाट प्रस्ट हुन्छ । कार्यकारी निर्देशकबाट राजीनामा दिएर विदाबारी भएका गुरागाईं राजीनामा स्वीकृत नगर्राई पुनः किन फर्किएर आए – यो गम्भीर प्रश्न छ । हिजो किन राजीनामा दिए, फेरि किन आए – यसबाट प्रस्ट हुन्छ कि हिजो कोषमा ब्रहृमलुट मच्चाएको विषयमा विभिन्न सरकारी निकायमा उजुरी परेको थियो । साथै विभिन्न पत्रपत्रिका र सञ्चार माध्यममा उनले मच्चाएको ब्रहृमलुटको र्सार्वजनिक गरिएका थिए र, उनीमाथि कारवाही हुने निश्चित भएपछि राजीनामा ठोकेर सुइँकुच्चा ठोकेका थिए । उनको राजीनामा त देखावटी पो रहेछ । तत्कालीन सरकार र सञ्चार माध्यमलाई झुक्याउन रहेछ । उनले राजीनामा दिएर सबैतिर सेटिङ मिलाएका रहेछन् र अनि फेरि कोषमै फर्किएर आएका छन् । अहिले पुनः उनी नेपाली काँग्रेसको आड लिएर कोषमा ब्रहृमलुट मच्चाउँदैछन् । यतिबेला स्वरोजगार कोष नेपाली काँग्रेसको कार्यकर्ता पाल्ने र नेपाली काँग्रेसका नेताहरूको गाडी मर्मत गरिदिने र इन्धन भरिदिने अखडाको रूपमा परिणत भएको छ । अहिले गुरागाईं कार्यकारी निर्देशक कम नेपाली काँग्रेसका कार्यकर्ता बढी भएका छन् । जुन सरकार आयो, त्यसैको खाँटी कार्यकर्ता बनेर लुट मच्याउन पल्केका गुरागाईंलाई न त अख्तियारले अंकुश लगाउँछ, न राष्ट्रिय र्सतर्कता केन्द्र नै केही गर्छ भन्दै उनी अगाडि भन्छन्, हामीले कार्यकारी निर्देशक गुरागाईंले गरेको भ्रष्टाचारको बारेमा सबुदसहित पटक-पटक अख्तियारलगायतको संस्थामा उजुरी गरी सक्यौँ तर अहिलेसम्म कतैबाट सुनुवाई भएको छैन भन्दै उनी दुखेसो व्यक्त गर्छन् ।
यसै विषयमा कोषका अर्का कर्मचारी भन्छन्, कार्यकारी निर्देशक गुरागाईंले विगतमा सहकारी संस्थाहरूलाई रकम उपलब्ध गराउँदा पच्चिस प्रतिशतसम्म रकम भ्रष्टाचार गरेका छन् । उनले नाम मात्रका सहकारी संस्थालाई लाखौँ रूपैयाँ उपलब्ध गराएर व्यापक भ्रष्टाचार गरेका छन् । यो विषय अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालयमा पनि चर्चाको विषय बनेको थियो । तर, खोई अहिलेसम्म उनलाई कारवाही गर्न कसैले चासो देखाएको छैन । त्यसैले वर्तमान सरकार र सम्बन्धित निकायले यसरी बेरोजगारको नाममा लुटी खानेमाथि तुरुन्त कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो, उनले आक्रोश व्यक्त गरे ।