इच्छुक सप्ताह जेठ १३ देखि इच्छुक सप्ताह जेठ १३ देखि
काठमाडौं । साहित्यकार एवं पत्रकार सहिद कृष्ण सेन इच्छुकसँग सम्बन्धित विभिन्न संघसंस्थाले यस वर्ष पनि इच्छुकका सबन्धमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएका छन् ।क्रान्तिकारी पत्रकार महासंघले इच्छुकले बलिदान गरेको दिन जेठ १३ गते बिहान राजधानीमा प्रभातफेरी आयोजना गर्ने भएको छ ।सोही दिन अपराह्न अखिल नेपाल जनसांस्कृतिक महासंघले धोबीखोला किनारस्थित इच्छुक स्मृति भवनमा स्मृतिसभा र कविगोष्ठी आयोजना गर्ने बताइएको छ ।
त्यसैगरी हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले जेठ १४ गते इच्छुकले बलिदान गरेको स्थल राजधानीको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबदेखि चन्द्रागिरि पहाडसम्मको यात्रा र चन्द्रागिरिमा विशेष गोष्ठी आयोजना गरेको छ ।उक्त गोष्ठीमा इच्छुक सांस्कृतिक प्रतिष्ठान, जनसांस्कृतिक महासंघ, अखिल नेपाल लेखक संघलगायत संगठनमा आबद्ध विशिष्ट संस्कृतिकर्मी र स्रष्टाहर सहभागी रहने प्रतिष्ठानले जनाएको छ ।
जेठ १५ देखि १७ सम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानले राष्ट्िरय कविता महोत्सव, अन्तर्राष्ट्रिय विचारगोष्ठी र वार्षिक कार्यक्रम यसअघि नै घोषणा गरिसकेको छ । त्यसपछि देशका विभिन्न जिल्लामा क्रान्तिकारी पत्रकार महासंघले स्थापना गरेका इच्छुकसँग सम्बन्धित पुरस्कार र सम्मान वितरण तथा समीक्षा आयोजना गरिने आयोजकहरुले जनाएका छन् ।