अख्तियारद्वारा अवैध उद्योगहरूमा छापाअख्तियारद्वारा अवैध उद्योगहरूमा छापा
काठमाडौँ, ६जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता नगरी कारोबार गरेका, तिर्नुपर्ने राजस्व छली गरेका काठमाडौँ सितापाइलास्थित ग्रीन टोबाको कम्पनी, अभिनव सूर्ति उद्योग र ओम साई सूर्ति उद्योगमा छापा मारी गोदाम र कारखानामा रहेका विभिन्न ब्राण्डका सूर्तिका साथै सूर्ति बनाउन प्रयोग हुने सामग्रीसमेत बरामद गरी सिलबन्दी गरेको आयोगले जनाएको छ ।त्यसैगरी, आयोगले गैरकानुनी रुपमा सञ्चालित कलङ्कीको सफिन एन्ड ब्रदर्श उद्योगमा छापा मारी ठूलो परिमाणमा सुपरलाइट खैनी बरामद गरी सिलबन्दी गर्नुका साथै उद्योगले प्रयोग गरेको एक थान मारुती भ्यानसमेत नियन्त्रण लिएको छ ।आयोगले अवैधरुपमा सञ्चालित भक्तपुरको केरी टोबाको प्रोडक्ट्स प्रालिका पाँच उद्योग र गोदामका साथै कार्यालयमा छापा मारी ठूलो परिमाणमा सूर्तिजन्य सामग्री, कार्यालयमा रहेका कागजात र सञ्चालकले प्रयोग गरेको कारसमेत नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरको जिम्मा लगाएको छ ।आयोगले ै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जयभोला इन्टरप्राइजेजले जाँच गरी छुटाएको सामान जाँच गरेभन्दा फरक सामान भएको भन्ने विशेष सूचनाको आधारमा आयोगको टोलीले तीनवटा भ्यान र एउटा माइक्रोबसमा रहेका सामान नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।