‘माेखा आँधी’बाट बचाउन ५ लाख सर्वसाधारणलाई स्थानान्तरण

२०८० बैशाख ३१ गते, आईतवार


काठमाडौँ । बंगलादेशले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिध्वस‌ निम्ताउन सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वस‌बाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ। जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ। प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो। सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमबिद्धहरुले अनुमान गरेका छन्। सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिबिरमा बसोबास गरिरहेका छन्।
हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ। यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ। अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ। बंगलादेशले दुई दशक पछि आईरहेको सबै भन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ।

प्रतिक्रियाहरु

[anycomment]