कमरेडलाई हासेको मन पर्दैन

विक्रान्त सी २०८० जेष्ठ २९ गते, सोमबार



खै किन ? आजभोलि
कमरेडलाई अरु
हाँसेको मन पर्दै पर्दैन
नाचेको त झन्
पटक्कै मन पर्दैन ।

म एक्लै हाँस्छु
म एक्लै नाच्छु
भनेरनै कमरेड
जानु भएको हो
बरालिएर

दिमागमा हावा बोकी
कुइएका झारपात बोकी
हातमा बेलुन समातेर
अविजात सिंहासनमा

पृथ्वीको एक भागमा
असाध्यै गर्मी बढीरहेको छ
त्यो चर्को घर्मीमा
कमरेडको टाउकोमा
असाध्यै बढी पोल्छ
गिदी उम्लिरहेको छ
त्यसैले कमरेडलाई
आजभोलि निन्द्रा लाग्दैन
कमरेडलाई हास्न आउदैन ।

गर्मीलाई थेक्नको लागि
दिमागमा क्रान्ति हुनुपर्ने रहेछ
हावा नलगाउदासम्म
कमरेडलाई निन्द्रा लाग्दैन
अर्धनिन्द्रामा बरबराउनु हुन्छ रे
आजभोलि कमरेड
चर्को गर्मीमा हासेको
क्रान्तिकारी गितमा नाचेको
कमरेडलाई मन पर्दैन ।

कमरेडले कमरेड शब्दको
बदनाम गरिरहनु भएको छ
अझै बेलुनमा हावा
भरिरहनु भएको छ ।

कमरेडलाई बतासे दर्शन
आकाशे खेति बहुत मनपर्छ
पशुपतिको प्रसाद जस्तै
अन्नपूर्णको भेटी
आधा उमेरको केटी
कमरेडलाई बहुत मनपर्छ ।

क्रान्तिको बारीमा फुल फुलाएको
फुलमा मौरी रमाएको
दुश्मनको मुटु कमाएको
कमरेडलाई ठिक लाग्दैन
त्यसैले कमरेडलाई आजभोलि
वर्गिय माया लाग्दैन
कमरेडलाई कमरेड हासेको
कमरेडलाई कमरेड नाचेको
खै किन मन पर्दैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु