राहदानी वितरण सहज बनाइदै

२०७१ असार २३ गते, सोमबार

काठमाडौ, २३ असार ।राहदानी वितरणलाई सहज बनाउन राहदानी विभागले दुई वटा काउण्टर थप गरेको छ ।कार्यालय समय भन्दा दुई घण्टा अगाडि ८ बजेदेखि थप दुई वटा काउण्टरबाट सोमबारदेखि राहदानी वितरण गरिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।विभागले आइतबारसम्म ६ वटा काउण्टरबाट राहदानी वितरण गर्दै आएको थियो । राहदानी विभागले सेवाग्राहीलाई सहज रुपमा राहदानी वितरण गर्न अर्थमन्त्रालयसँग थप १५ जना कर्मचारी माग गरेको छ । कर्मचारी थप भएमा जिल्ला र विदेशमा रहेका नेपाली नियोगहरुमा समयमै राहदानी नपाउने समस्या कम हुने महानिर्देशक खनालले बताए ।राहदानी लिनका लागि काठमाडौ धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासमा विभागले काम गरिरहेको खनालले बताए । सरकारले सन् २०१० डिसेम्बर २६ देखि मेसिनले पढ्ने एमआरपी राहदानी वितरण गर्न सुरु गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बैंकको ब्याजदर घट्यो !

२०८३ श्रावण ३१ गते, आईतवार