वायु सेवा कम्पनीलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन

२०७९ मंसिर २ गते, शुक्रबार

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ। चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार