लप्ची नाका एक साताका लागि खुला

२०८० आश्विन ७ गते, आईतवार


काठमाडौँ । नेपाल–चीनबीचको लप्ची नाका आइतबारदेखि एक साताका लागि सञ्चालनमा आउने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबारदेखि खुला गर्ने सहमति भएको हो । कोभिड महामारीपछि बन्द गरिएको यो नाका एक साताका लागि खुल्ने जनाइएको छ । स्थानीयको परिचयपत्र र बोर्डर कार्डसहित कागजात देखाएर प्रवेश गर्न दिइने शर्त चिनियाँ पक्षले राखेको छ । एक साताका लागि भए पनि नाका खुल्ने भएपछि स्थानीय हर्षित भएका छन् । यो नाका हुँदै नेपालीहरुले तिब्बतमा नेपाली घिउ र याकका बाच्छा लगायतका सामग्री बिक्री गर्न पाउने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार

नेप्से ८ दशमलव २४ अङ्कले घट्यो

२०८२ कार्तिक १८ गते, सोमबार