उखुको न्यूनमत समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

२०८१ मंसिर १४ गते, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषदको बैठकले गतवर्षको तुलनामा उखुको न्यूनमत समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको छ । अब किसानले उद्योगीबाट प्रतिक्विन्टल झण्डै ५८५ रुपैयाँ पाउने छन्। समर्थन मूल्य तोकिए पनि अनुदान भने तोकिएको छैन। गतवर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तोकेको थियो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन रहेको बताए। देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार