ट्राफिक कारबाहीवाट झन्डै ५ लाख राजस्व सङ्कलन

२०८३ जेष्ठ १० गते, आईतवार

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८ सय ४१ जना सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीबाट चार लाख ७९ हजार ५ सय १ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १ सय ७, राइड सेयरिङमा १ सय ९२, रातोबत्तीमा १ सय ८३, तीव्र गतिमा १ सय २६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १ सय ४९, एकतर्फीमा ७७ र अन्यमा ८ सय ९१ गरी कुल एक हजार ८ सय ४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने- ‘उपत्यकामा २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८ सय ४१ जना चालकहरूलाई कारबाही गरिएको छ । कारबाहीबाट जम्मा रकम चार लाख ७९ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।’
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु