वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो

२०८३ जेष्ठ ३१ गते, आईतवार


काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर थप घटाएका छन्। २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको छ । ११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन्।
६ वटा बैंकले ब्याजदर घटाएका छन्। यिनमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन, एनएमबी बैंक छन्।
असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो। नबिल बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको यस्तो ब्याज सम्बन्धी सूचना उपलब्ध हुन सकेको छैन ।
बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्। लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु