अर्थ

टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

काठमाडौँ। नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ ल्याएको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको हो । यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७ गतेदेखि प्रारम्भ भएको छ भने वैशाख १९ गतेसम्म लागू हुनेछ।यस […]

२०८० बैशाख १७ गते, आईतवार

चैतमा मात्र साढे ३३ अर्ब रूपैयाँ रकमान्तर !

काठमाडाैं । चालू आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पूँजीगततर्फ १ करोड भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो […]

२०८० बैशाख १६ गते, शनिबार

राष्ट्र बैंक ११ प्रतिशत ब्याज दिने बचतपत्र बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८५ बिक्री गर्न लागेको छ । बैंकले वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि गर्ने भएको हो । बिक्री सम्पन्न भएपछि जेठ २४ गते बचतपत्र निष्काशन हुने छ। यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न […]

२०८० बैशाख १५ गते, शुक्रबार

नेप्से २.२७ अंकले घट्यो !

काठमाडौं। नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा […]

२०८० बैशाख १४ गते, बिहीबार

३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज

काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सुचना जारी गर्दै ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको जनाएको छ। सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ।निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम […]

२०८० बैशाख १४ गते, बिहीबार

ईङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ। ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको ६ लाख कित्ता आईपीओमध्ये ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको छ। अब बाँकी रहेको १० लाख ८० हजार […]

२०८० बैशाख १३ गते, बुधबार

शेयर बजारमा सुधार

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेप्से १७ अंकले उकालो लाग्दा परिसुचक १९ सय ५ बिन्दुमा पुगेर थामियो भने कारोबार रकम भने १ अर्ब तलै रह्यो । म्यूचल फण्ड बाहेक अरु समूह हरियो रहेको बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समूहमा ९५ अंकको सुधार आयो । अरु समूह पनि दोहोरो अंकले […]

२०८० बैशाख १२ गते, मंगलवार

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि सात कम्पनीको आवेदन दर्ता भएको जनाएको छ। “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बोर्डकाअनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज […]

२०८० बैशाख १२ गते, मंगलवार

नबिल ल्यायो ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’

काठमाडौ । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ […]

२०८० बैशाख १२ गते, मंगलवार

क्रिष्टल फाइनान्सद्वारा निक्षेप दाबी गर्न सूचना

काठमाडौँ। खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ। कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो। क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो […]

२०८० बैशाख १० गते, आईतवार