अर्थ

अमेरिकी डलरको भाउ वृद्धिमा ब्रेक लाग्यो

काठमाडौ,१० भदौ –भारतीय रुपैयाँ केहि बलियो भएपछि नेपालमा पनि डलरको भाउ घटेको छ । सोमबारवाट दुई महिनादेखि लगातार बढिरहेको अमेरिकी डलरको भाउमा ब्रेक लागेको छ ।आइतबारको तुलनामा सोमबार डलर साढे २ रुपैयाँले घटेको छ ।सोमबारको लागि नेपाल राष्ट्र बैंकले डलरको भाउ १ सय १ रुपैयाँ ४१ पैसा तोकेको छ । तर खुल्ला बजारमा १ सय […]

२०७० भाद्र १० गते, सोमबार

उर्जा सम्मेलन २०१३ सुरु

काठमाडौं, १० भदौ। आजदेखि जलविद्युत विकास गतिमा तीव्रता भन्ने नाराका साथ उर्जा सम्मेलन २०१३ सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति डा. रामबरण यादबले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) ले जनाएको छ । सोल्टी होटलमा हुने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५०० सहभागी हुनेछन् । […]

२०७० भाद्र १० गते, सोमबार

सिक्टाले ४३ हजार हेक्टरमा सिँचाइ पुर्याउने

काठमाडौँ । बा“केमा निर्माणाधीन बहुप्रतीक्षित सिक्टा सि“चाइ आयोजनाबाट करिब ४३ हजार हेक्टर जमिनमा सि“चाइ सुविधा पुग्ने भएको छ । आव २०६२/०६३ देखि निर्माण कार्यसुरु गरिएको सो आयोजनाले जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिञ्चित गर्ने जनाइएको छ । जिल्लामा उर्वभूमि भएपनि सि“चाइको व्यवस्था नहु“दा ठूलो परिमाणमा जमिन बाँझो रहँदै आएको छ । आयोजना […]

२०७० भाद्र ९ गते, आईतवार

एनबी इन्स्योरेन्स कम्पनीलाई अन्तिम मौका

काठमाडौँ । बिमा समितिले एनबी इन्स्योरेन्स कम्पनीलाई एक महिनाभित्र सुधार गर्न अन्तिम मौका दिएको छ । बिमा समितिले एनबीका सञ्चालकलाई बोलाएर सुधार गर्न नसके कम्पनी बन्द गर्ने चेतावनीसमेत दिएको छ । यसअघि पनि पटक-पटक पुँजी वृद्धि, दाबी भुक्तानीमा प्रभावकारिता तथा आर्थिक नियन्त्रण प्रणालीमा सुधार गर्न निर्देशन दिएको थियो । एनबीले बिमा समितिको निर्देशनविपरीत काम गरेकाले […]

२०७० भाद्र ८ गते, शनिबार

नेपाली गरगहना अन्तर्राष्ट्रिय स्तरमै नमुना

काठमाडौं, ७ भदौ – नेपालमा बनेका सुनचाँदीका गरगहनाको अन्तर्राष्ट्रिय बजार राम्रो भएपनि निर्यात गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।नेपाली गरगहना परम्परागत रुपमा हातैले बनाउने हुँदा बाहिरी मुलुकका कुनै पनि गहनासँग डिजाइन नमिल्ने भएकाले त्यसको आकर्षण धेरै रहेको छ ।त्यस्ता गरगहना अन्तर्राष्ट्रिय बजारमा पु‍र्‍याउन सके प्रतिस्पर्धा नगरीकनै राम्रो बजार पाउन सक्ने […]

२०७० भाद्र ७ गते, शुक्रबार

१८ कम्पनीका सिमेन्ट विक्री वितरणमा रोक

काठमाडौ,४ भदौ – सरकारले १८ वटा सिमेन्ट कम्पनीको उत्पादन तथा विक्री वितरणमा रोक लगाएको छ ।कम गुणस्तर सिमेन्ट उत्पादन गरेर विक्री गरेको तथा नेपाल गुणस्तर प्रमाणपत्र चिन्हको इजाजत नलिएका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन र वितरण रोकी कारबाही अघि बढाइएको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।विभागले तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको सिमेन्ट […]

२०७० भाद्र ४ गते, मंगलवार

कोरिया भाषा परीक्षाको आवेदन खुल्दै

काठमाडौ , ४ भदौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जाने इच्छुक युवाका लागि भोलि बुधबार अर्थात भदौ ५ गते देखि ४ दिनसम्म आवेदन फारम खुल्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्रमा र उपत्यका बाहिर धरान तथा बुटवलमा फारम वितरण र दर्ता केन्द्र तोकेको छ। मानवअधिकार बलियो र […]

२०७० भाद्र ४ गते, मंगलवार

चेतनामूलक कार्यक्रमका लागि ६१ लाख खर्च

ललितपुर, ३ भदौ । राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०६९/७० मा कुल ६१ लाख २४ हजार रुपैयाँ चेतनामूलक कार्यक्रममा खर्च गरेको छ ।आयोगका लेखा अधिकृत युवराज राईका अनुसार सबैभन्दा ठूलो रकम ‘जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८’ को अभिमुखीकरणसम्बन्धी २३ वटा अन्तक्रिर्या कार्यक्रम गर्न ११ लाख ५० हजार रुपैयाँ खर्च भएको […]

२०७० भाद्र ३ गते, सोमबार

गोरखकाली रबर उद्योगको कन्तबिजोग

गोरखा,३० साउन – नेपालकै एकमात्र टायर उत्पादक गोरखकाली रबर उद्योग धराशायी हुँदै गएको छ ।कहिले कच्चा पदार्थको अभाव त कहिले मजदुर आन्दोलनका कारण उद्योग आर्थिक वर्ष ०६९/०७० मा ४४ दिन र ०६८/०६९ मा ५७ दिनमात्र सञ्चालन भयो । उद्योग सञ्चालन नहुने तर कर्मचारी र मजदुरले तलब मात्र लिइरहँदा उद्योगको घाटा बढेको बढ्यै छ ।आर्थिक वर्ष […]

२०७० श्रावण ३० गते, बुधबार

मेगा बैंकको खुद मुनाफा १८ करोड

काठमाडौं ,३० साउन । मेगा बैंक लिमिटेडले बुधबार प्रकाशन गरेको गत आवको आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०६९/०७० मा १७ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । यो मुनाफाबाट नगण्यमात्र लाभांश दिन सक्ने हुँदा लाभांशको आशा गरेका सेयरधनीले कम्तीमा एक वर्ष पर्खनुपर्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७.६१ रुपैयाँ […]

२०७० श्रावण ३० गते, बुधबार