अर्थ

अण्डाको भाउ ह्वात्तै बढ्यो !

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेपछि ४ दिन फरकमा २ पटक अन्डाको भाउ बढाएको छ । संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँ बढाउने निर्णय भएको जनाएको छ । संघले पहिलो पटक १ साउनमा बैठक बसी २ देखि लागु हुने गरी मूल्य बढाएको थियो भने त्यसको ४ दिन पुग्न नपाउँदै पुन: साउन ५ मा […]

२०८३ श्रावण ५ गते, मंगलवार

नेप्से ७.२५ अंकले बढ्यो

काठमाडौँ । नेप्से ७.२५ अंक बढेर २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो । आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । आज बजार […]

२०८३ श्रावण ५ गते, मंगलवार

सामाजिक सुरक्षा कोषमा १ खर्ब १५ अर्ब बढी योगदान

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।सामाजिक सुरक्षा कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या […]

२०८३ श्रावण ५ गते, मंगलवार

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ योजना कार्यान्वयन

काठमाडौँ। सरकारले ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन लागेको छ । सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न नयाँ पुरस्कार योजना सार्वजनिक गरेको हो ।यस योजनाअन्तर्गत अब दैनिक एक जना सर्वसाधारणले […]

२०८३ श्रावण ५ गते, मंगलवार

चिनियाँ सहयोगमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू

काठमाडौँ । चिनियाँ सहयोगमा कृषि-खाद्य प्रणाली सुदृढीकरण परियोजना आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । उक्त कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरु गरिएको बताए । उनले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।अन्तर्राष्ट्रिय […]

२०८३ श्रावण ४ गते, सोमबार

नेप्से परिसूचक ४१.७० अङ्कले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३४३ कम्पनीका १ करोड २२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो […]

२०८३ श्रावण ४ गते, सोमबार

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक करोड २९ लाख बढी राहत वितरण

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो।निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका […]

२०८३ श्रावण ४ गते, सोमबार

निक्षेप १०.३ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशत (७ खर्ब ४८ अर्ब ६२ करोड) ले वृद्धि भई ८० खर्ब १२ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.० प्रतिशत (५ खर्ब १७ अर्ब ६० करोड) ले बढेको थियो। […]

२०८३ श्रावण ४ गते, सोमबार

५८ अर्बभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

काठमाडौँ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत मार्ग ‘अप्रुभ्ट रुट’ मार्फत गरी १ हजार ११६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।विभागका अनुसार […]

२०८३ श्रावण ३ गते, आईतवार

२४ घण्टामा ७२१ जना सवारी चालकलाई कारबाही

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न सडकखण्डमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने ७२१ जना चालकहरू कारबाहीमा परेका छन्। महाशाखाले आइतबार बिहानसम्म सञ्चालन गरेको विशेष जाँच (चेकिङ) का क्रममा ती चालकहरूलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी साधन हुइँक्याउने १३४ जना रहेका […]

२०८३ श्रावण ३ गते, आईतवार