स्वास्थ्य / शिक्षा

वैदेशिक रोजगारमा जानेका लागि कोरोना परीक्षण निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

२०७८ फाल्गुन १३ गते, शुक्रबार

‘जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले पनि ६ महिना पछि बुस्टरका रूपमा सोही खोप लगाउन मिल्ने जनाएको छ । यदि सो खोप नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले जनाएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

मादक पदार्थ पिएर आतंक मच्चाउने क्याम्पस प्रमुख निलम्बित

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले मादक पदार्थ पिएर आतंक मच्चाउने तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटका प्रमुख लक्ष्मण सिंहलाई निलम्बन गरेको छ । सो विश्वविद्यालयले मादक पदार्थ सेवन गरी लेखापाल, प्राध्यापक र श्रीमतीलाई समेत कुटपिट गर्ने क्याम्पस प्रमुख सिंहलाई बुधबार निलम्बन गरिएको जनाएको छ ।मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति डा. नन्दबहादुर सिहंले आफ्नो मर्यादामा नबस्ने क्याम्पस प्रमुख सिंहलाई निलम्बन गरी […]

२०७८ माघ २८ गते, शुक्रबार

एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी ९ वैशाखबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।परीक्षा तालिका अनुसार आगामी ९ वैशाखमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य […]

२०७८ माघ २७ गते, बिहीबार

नेपाल इञ्जिनियरिङ कलेजको २३ करोड हिनामिना !

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान अनुसार नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जना सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । विभागका अनुसार न्यौपानेले १२ करोड, लवराज भट्टराई, उपेन्द्र गौतम, सूर्यबहादुर केसी र हरि पाण्डेले २/२ करोड, रामरत्न उपाध्यायले १ करोड २५ लाख र दीपक भट्टराईले करिब […]

२०७८ माघ २७ गते, बिहीबार

एसईई वैशाख ९ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने […]

२०७८ माघ २६ गते, बुधबार

गैरकानुनीरुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही

!काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरुमाथि […]

२०७८ माघ २५ गते, मंगलवार

बालबालिकालाई दोस्रो चरणको खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको बताएका छन । उनले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिए । हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भने – “कुन […]

२०७८ माघ २४ गते, सोमबार

‘आन्दोलनरत विद्यार्थीलाई धम्काउने मेडिकल कलेजको सम्वन्धन खारेज गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई धम्काउने मेडिकल कलेजहरूको सम्वन्धन खारेज गर्न माग गरेका छन । आठ विद्यार्थी संगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । ति संगठनले आन्दोलनरत विद्यार्थीहरूलाई मेडिकल कलेजहरू विभिन्न बहानामा धम्काउने र परिक्षामा फेल गरिदिने जस्ता कुराहरु गरेकाले त्यस्ता कलेजहरूको […]

२०७८ माघ २३ गते, आईतवार

आज विश्व क्यान्सर दिवस

काठमाडौं । आज फेबु्रअरी ४ अर्थात विश्व क्यान्सर दिवस । नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्ष ‘उपचारको खाडल बन्द गराऔं’ भन्ने नारासहित यो दिवस मनाईदै छ । नसर्ने रोगहरु मध्ये क्यान्सरका कारण नेपालमा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर […]

२०७८ माघ २१ गते, शुक्रबार