बिज्ञान तथा प्रबिधि

चीनले ५ वर्षभित्र चन्द्रमामा घर बनाउने !

काठमाडौं । चिनियाँ सञ्चार माध्यमका अनुसार आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै प्रयोग गरेर लुनार बेस अर्थात् चन्द्र आधार शिविर बनाउने योजना चीनको लक्ष्य रहेको छ । यस कार्यको लागि चीनको वुहानमा १ सयभन्दा धेरै चिनियाँ वैज्ञानिक, शोधकर्ता तथा अन्तरीक्ष कन्ट्रयाक्टरहरुको सहभागितामा हालै एक सम्मेलनको आयोजना भयो । त्यसमा आगामी अन्तरीक्ष मिसनहरुका बारेमा जानकारी दिइएको […]

२०८० बैशाख ५ गते, मंगलवार

वैज्ञानिक स्टिफन हकिङको प्रेरणाका स्रोत

स्टिफनले आफ्नो शोध कार्यक्रमहरुमा जुन विख्यात वैज्ञानिकहरुका सूत्र, निष्कर्ष तथा सिद्धान्तहरुलाई आधार बनाए ती विद्वान्हरुलाई स्टिफन आफ्नो प्रेरणाको स्रोत मान्छन् । तिनै वैज्ञानिकहरुमध्ये केही वैज्ञानिकहरु निम्न छन् । अल्बर्ट आइन्सटाइन ः दक्षिण जर्मनीमा अवस्थित उल्म नामक शहरमा सन् १८७९ मार्चं १४ मा अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो । जन्मँदा उनको टाउको ठूलो तथा हातखुट्टा साना […]

२०८० बैशाख ३ गते, आईतवार

नेपाल टेलिकमको स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले आज चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ ।यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८,००० रुपैंयामा उपलब्ध हुनेछ । पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने […]

२०७९ चैत्र २९ गते, बुधबार

स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन उक्त निर्देशन दिएको हो । दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ । स्मार्टको लाइसेन्स आगामी वैशाख […]

२०७९ चैत्र २८ गते, मंगलवार

उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण

काठमाडौँ । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो । हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो […]

२०७९ चैत्र २६ गते, आईतवार

टेलिभिजन सेवामा ‘अ’ला कार्ट’ मूल्य प्रणाली लागू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन (टिभी) सेवामा ‘अ’ला कार्ट’ मूल्य प्रणाली लागू गरेको छ । मन्त्रालयले मन्त्रीस्तरको निर्णयानुसार अ’ला कार्ट मूल्य प्रणालीअनुसार शुल्क निर्धारण गरेको हो । राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम नेपालमा टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरु (जस्तै: केबल, एमएओ, डीटीएच, आईपीटीभी, एमएमडीएस, डीटीटीबी) ले उपभोक्ताबाट लिन पाउने […]

२०७९ चैत्र २४ गते, शुक्रबार

ट्वीटरको नयाँ लोगोमा कुकुरको चित्र !

काठमाडौं । ट्वीटरको लोगो फेरिएको छ । ट्वीटर लोगोमा निलो चरा हटेर कुकुरको चित्र ल्याइएको छ । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर […]

२०७९ चैत्र २१ गते, मंगलवार

च्याट जीपीटीमाथि प्रतिबन्ध !

काठमाडौं । इटालीले एआई च्याटबोट च्याट जीपीटीमाथि प्रतिबन्ध लगाएको छ । इटालियन डाटा-संरक्षण प्राधिकरणले भनेको छ कि मोडेलमा डाटा लिक हुने चिन्ता छ। च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो र यसमा माइक्रोसफ्टले लगानी गरेको छ । नियामकले भने कि यसले ओपन एआईलाई “तत्काल प्रभावका साथ” प्रतिबन्ध लगाइरहेको छ र तिनीहरूको छानबिन गर्नेछ। च्याटबोट […]

२०७९ चैत्र १८ गते, शनिबार

उत्तर कोरियाद्वारा पानीमुनि ड्रोन आक्रमणको परीक्षण

काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक वारहेडले सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ।यसै सन्दर्भमा उत्तर कोरियाली नेता किम जोङ उनको तस्विर पनि सार्वजनिक गरिएको थियो, जसमा उनी […]

२०७९ चैत्र ११ गते, शनिबार

विश्वकै पहिलो थ्रीडी प्रिन्टरबाट बनेको रकेट उड्यो

काठमाडौं । इतिहासमा पहिलो पटक अमेरिकामा थ्रीडी प्रिन्टिङबाट लगभग पूर्ण रूपमा बनेको रकेट उडेको छ । यद्यपि, आफ्नो पहिलो उडानमा, रकेट आफ्नो कक्षमा पुग्न असफल भयो । टेरान–१ नामको रकेटले बुधबार राति स्थानीय समयानुसार ११:२५ बजे फ्लोरिडाको केप क्यानाभेरलको प्रक्षेपण प्याडबाट उडेको थियो । तर उडेको केही मिनेटमै त्यो भुइँमा खस्यो । यसलाई क्यालिफोर्नियाको रिलेटिभिटी […]

२०७९ चैत्र १० गते, शुक्रबार