राजनीति

सी जातीलाई कानूनी मान्यता दिनुपर्ने माग गर्दै देशव्यापीरुपमा हस्ताक्षर संकलन

काठमाडौँ । युवा संगठन नेपालले देशभर सी जातीलाई कानूनी मान्यता दिनुपर्ने अभियान लिएर हस्ताक्षर संकलन गरिरहेको छ । नेकपानिकट संगठन युवा सङ्गठन नेपालले देशभर चलाएको अभियानमा हजारौं युवाले सहभागिता जनाएका छन् ।यसैबीच, बिहीबार संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा मद्येस प्रदेशको महोत्तरी र धनुषामा उत्साहका साथ हस्ताक्षर संकलन गरिएको छ । दुबै जिल्लामा गरेर १५ […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

वर्तमान राजनीतिक संकटको निकास समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कलम सीले वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादले मात्र दिने ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी दैलेख ठाँटीकाँध गाउँपालिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन । उनले भने ‘आफ्नो पार्टी जन्मिएदेखि नै जनताको अधिकार र देशको स्वाधिनताको लागि संघर्ष गरिरहेको […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

नेकपामा प्रवेश गर्नेको लर्को

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।मङ्गलबार चितवनको नारायणगढमा जारी खुल्ला सत्र चलिराख्दा अबको देशको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै नेकपामा ध्रुवीकृत भएका हुन् ।नेपालका अन्य राजनीतिक दलहरुले जनताको एजेन्डा छोडेर दलालमा परिणत भएको भन्दै […]

२०८१ जेष्ठ १६ गते, बुधबार

पत्रकार महासंघलाई मर्यादा, विश्वसनियतालाई कायम राख्न आग्रह

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघलाई मर्यादा, विश्वसनियतालाई कायम राख्न आग्रह गरेको छ। जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।अध्यक्ष विश्वकर्माले पत्रकार महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।जनपत्रकार संगठनले […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

सरकार संक्रमणकालीन न्यायका बाँकी काम गर्न प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य पूरा भइसकेको बताए ।प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । आज १७औँ गणतन्त्र दिवस , नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाइँदैछ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को जनयुद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

गृहमन्त्री लामिछानेलाई निलम्बको माग गर्दै रिट दायर

काठमाडौँ । अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन । रिटमा गृहमन्त्री लामिछाने पदमै रहेर उनीमाथि लागेका आरोपहरुमा अनुचित प्रभाव पार्न सक्ने भन्दै उनलाई निलम्वन गर्न माग गरिएको छ ।रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाइएको छ । रिटमा […]

२०८१ जेष्ठ १४ गते, सोमबार

महासचिव विप्लव सीद्वारा बियसको स्मृतिमा वृक्षारोपण

काठमाडौँ । महान सहिद विरजङ्गका जेष्ठपुत्र तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी का भतिज एवम् नेकपा कपिलवस्तुका नेता बियसको स्मृतिमा कपिलवस्तुको शिवगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा विभिन्न जातका जडिबुटीहरु महासचिव विप्लवको नेतृत्वको रोपिएको थियोे । अमला, आँप तथा बाह्रमासे फुलहरु रोपिएको वृक्षरोपण कार्यक्रममा सहभागी पार्टी केन्द्रीय सदस्य अडिग सीले बताए […]

२०८१ जेष्ठ १४ गते, सोमबार

विश्वभरी चलिरहेका युद्ध रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितिले तत्काल सबै युद्धहरु रोक्न माग गर्दै शान्ति र्याली गरेको छ । आइतबार तुलसीपुरको बसपार्कस्थित तिनकुने चोकबाट सुरु भएको शान्तिका लागि समाजवाद र्याली बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सीले अहिले विश्वभरी अमेरिकी साम्राज्यवादले […]

२०८१ जेष्ठ १४ गते, सोमबार

नेकपा दाङद्वारा जिप्रकामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले विभिन्न ८ बुँदे मागसहित प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय दाङमार्फत ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । पार्टीले आइतबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्मानिय प्रधानमन्त्री पुष्प कमल दाहाल `प्रचण्ड´लाई ज्ञापनपत्र बुझाएको हो । पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सी र जिल्ला सेक्रेटरी तिलक सीसहितको संयुक्त टोली सिडियो कार्यालयमा पुगेर सहायक प्रमुख […]

२०८१ जेष्ठ १३ गते, आईतवार