एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालद्वारा साउदी अरेबियालाई पराजित
काठमाडौँ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। खेलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो। खेलको ९० औँ मिनेटमा नेपालकी शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन्।नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको […]
२०८२ श्रावण २४ गते, शुक्रबार