बिश्व

जर्ज फ्लोडको हत्यामा संलग्नलाई २२ वर्ष जेल !

काठमाडौँ । गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोडको हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ । मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् ।फ्लोडको मृत्युपछि प्रहरीले कालाजातिका मानिसहरुमाथि […]

२०७८ असार १२ गते, शनिबार

१२ तले भवन भत्किँदा ९९ जना बेपत्ता !

काठमाडौं । संयुक्त राज्य अमेरिका मायामीमा एउटा १२ तले भवन भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको अनुमा लगाइएको छ। हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्। भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।मायामी […]

२०७८ असार ११ गते, शुक्रबार

‘गरिब देशहरूमा काराेनाविरूद्धकाे खोपको चरम अभाव’

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको जनाएको छ। डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए। तर उनले विश्वभर […]

२०७८ असार ८ गते, मंगलवार

इरानको राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी निर्वाचित

काठमाडौँ । इजरायलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ। इजरायलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्। ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन्। आइतवार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो। इरानमा […]

२०७८ असार ६ गते, आईतवार

चीन कोरोनाविरुद्धको खोप लगाउनेमा विश्वमै सबैभन्दा अगाडी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउनेमा विश्वमै चीन सबैभन्दा अगाडी भएको छ । चीनले अहिलेसम्म आफ्ना नागरिकलाई करिब एक अर्ब डोज खोप लगाइसकेको छ । करिब एक अर्ब चालीस करोड जनता रहेको चीनले दुबै डोज खोप भने करिब ३० प्रतिशत जनसंख्यालाई लगाइसकेको जनाइएको छ ।चीनको तुलनामा अरु विकसित देशमा खोप लगाउनेको संख्या कम छ भने […]

२०७८ असार ४ गते, शुक्रबार

अमेरिकामा द्वन्द्वपीडितलाई शरण नदिने कानुन खारेज

काठमाडौं। अमेरिकाका महान्यायाधिवक्ता मेरिक बी गेराल्डले ट्रम्पको पालामा लागू गरिएको द्वन्द्व र आपराधिक भिडन्त पीडितहरुलाई अमेरिकामा शरण लिन रोक्ने कानुन खारेज गरेका छन् । यसलाई बाइडेन प्रशासनले गरेका ट्रम्प प्रशासनका नीतिको खारेजीमध्ये सबैभन्दा महत्वपूर्णमध्येको एक मानिएको छ । यो निर्णय सबै किसिमका शरणार्थीमा लागू हुनेछ । जसले दशौं हजार आप्रवासीहरुलाई प्रभाव पार्नेछ । अमेरिकामा २०१३ […]

२०७८ असार ३ गते, बिहीबार

इजरेलद्वारा गाजामा हवाई आक्रमण

काठमाडौँ । इजरेली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेका छन्। इजरेलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ। उक्त उग्रवादी […]

२०७८ असार २ गते, बुधबार

इजरायलमा नेतान्याहूको शासनकाल समाप्त

काठमाडौँ । इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ । दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतेन्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् । योसँगै उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका हुन् । नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिना पार्टीका बेनेट सन् २०२३ को […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

राष्ट्रपतिको गालामा थप्पड हान्ने युवकलाई ४ महिना जेल, ५ वर्ष प्रतिबन्ध !

काठमाडौं । फ्रान्सको अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने एक युवकलाई ४ महिनाको जेल सजाय सुनाएको छ । सुरूमा अदालतले ती युवकलाई १८ महिनाको जेल सजाय सुनाएको भए पनि १४ महिना निलम्बन गरेर ४ महिना मात्रै जेलमा राख्ने फैसला गरेको हो । स्वागत गर्ने बहानामा राष्ट्रपतिको गालामा थप्पड लगाउन ती २८ वर्षीय युवकको नाम […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

राष्ट्रपति माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन !

काठमाडौ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा चड्कन हानिएको छ। सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए। त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन्। लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्। फ्रान्सका सञ्चारमाध्यमहरूका […]

२०७८ जेष्ठ २६ गते, बुधबार