बिश्व

अमेरिकाद्वारा नार्को–आतंककारी मारिएको दाबी

काठमाडौँ । अमेरिकी सेनाको ‘सदर्न कमान्ड’ ले क्यारेबियन समुन्द्री क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक जहाजमाथि घातक सैन्य आक्रमण गरेको छ। ‘जोइन्ट टास्क फोर्स सदर्न स्पियर’ द्वारा सोमवार गरिएको उक्त कारबाहीमा दुई जना ‘नार्को–आतंककारी’ मारिएको कमान्डले पुष्टि गरेको छ। अमेरिकी सेनाको सदर्न कमान्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारी अनुसार, उक्त जहाज ‘सूचीकृत आतंकवादी संगठन’ द्वारा […]

२०८३ बैशाख २३ गते, बुधबार

इराकमा धुलो-आँधी : देशैभर जनस्वास्थ्यमा समस्या

काठमाडौँ ।  इराकको स्वास्थ्य मन्त्रालयले  तीव्र रुपमा फैलिएकाे धुलो-आँधीका कारण देशैभर जनस्वास्थ्यमा समस्या देखिएको जनाएको  छ ।  मन्त्रालयले विभिन्न प्रान्तहरूमा १ हजार १ सय ३३ जना मानिसहरूमा श्वासप्रश्वासमा समस्या (दम घुट्ने अवस्था) देखिएको जनाएकाे हो । यी सबै घटना वायुमण्डलमा अत्यधिक धुलो र सूक्ष्म कणहरू मिसिँदा उत्पन्न भएको प्रदूषणका कारण भएको मन्त्रालयकाे ठहर छ । […]

२०८३ बैशाख २३ गते, बुधबार

अमेरिकाद्वारा इरानका ७ वटा डुंगामाथि हमला

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् । ट्रम्पले भनेका छन्- ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित […]

२०८३ बैशाख २२ गते, मंगलवार

इरानद्वारा संयुक्त अरब इमिरेट्समा शक्तिशाली आक्रमण

काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्समा शक्तिशाली आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव पुनः चर्किन थालेको छ। हिजो इरानले युएईका विभिन्न ठाउँमा कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। युएईको रक्षा मन्त्रालयले १२ ब्यालेस्टिक मिसाइल, ३ क्रुज मिसाइल र ४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको बताएको छ। यस क्रममा ३ जना घाइते भएका छन्। रक्षा मन्त्रालयले […]

२०८३ बैशाख २२ गते, मंगलवार

ट्रम्पद्वारा इरानले स्ट्रेट अफ हर्मुजमा रोकेको जहाज निकाल्न सहयोग गर्ने उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा रोकेको जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न सहयोग गर्ने घोषणा गरेका छन्। उनले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुजमा अड्किएका जहाजहरूलाई बाहिर निकाल्न सुरू गरिने घोषणा गरेका हुन्।सोमबारदेखि नै हर्मुजमा फसेका जहाज तथा तिनका चालकलाई अमेरिकी सुरक्षासहित बाहिर निकालिने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् -‘हामीले ती […]

२०८३ बैशाख २१ गते, सोमबार

ओपेकद्वारा तेल उत्पादनको कोटा बढाउने घोषणा

काठमाडौँ । तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’का सदस्य देशहरूले विश्व बजारमा आपूर्ति हुने तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् । बीबीसीले तेल बजारमा बढ्दो दबाब र अस्थिरता नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको जनाएको हाे । यसमा साउदी अरब र रूस सहित अन्य ५ वटा सदस्य देशहरू सामेल छन् । सात वटा प्रमुख […]

२०८३ बैशाख २१ गते, सोमबार

विश्व खाद्य संकटतर्फ उन्मुख

काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन) को खाद्य संगठन (एफएओ)का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ बढिरहेको चेतावनी दिएका छन्। उनले अमेरिका–इरान युद्धले स्ट्रेट अफ हर्मुज बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए।युद्ध सुरु भएदेखि मल आपूर्ति लगभग बन्द भएको छ। जसले गर्दा मूल्य बढ्दै गएको छ र अभाव भएको छ। यसले […]

२०८३ बैशाख २० गते, आईतवार

इरानद्वारा द्वन्द्वको स्थायी समाधानका लागि १४ बुँदे नयाँ प्रस्ताव

काठमाडौँ । इरानले द्वन्द्वको स्थायी समाधानका लागि १४ बुँदे नयाँ प्रस्ताव पेश गरेको छ। पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाइएको प्रस्तावमा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्न आह्वान गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीले जनाएको छ।इरानले अमेरिकाको ९ बुँदे प्रस्तावको जवाफ दिँदै सैन्य आक्रमणविरुद्धको ग्यारेन्टी, इरान वरपरको क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको […]

२०८३ बैशाख २० गते, आईतवार

इरानको आक्रमणवाट अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति

काठमाडौँ । इरानको आक्रमणवाट मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्‍याएका छन् ।समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका […]

२०८३ बैशाख १९ गते, शनिबार

ट्रम्पद्वारा जर्मनीबाट ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६–१२ महिनाभित्र जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने तयारी गरेको बताएका छन्। पेन्टागनका अनुसार युरोपस्थित सैन्य संरचनाको समीक्षा पछि यो निर्णय गरिएको हो।हाल जर्मनीमा करिब ३५–३६ हजार अमेरिकी सैनिक तैनाथ छन्, जसको करिब १४ प्रतिशत फिर्ता हुने जनाइएको छ।यस निर्णयप्रति अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट र सुरक्षा विश्लेषकहरूले आलोचना […]

२०८३ बैशाख १९ गते, शनिबार