सरकारविरोधी आन्दोलनमा सहभागी युवकलाई फाँसी !
काठमाडौँ । इरानले सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय युवक सासन आजादवर जोगानीलाई फाँसी दिएको छ ।उनलाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा फाँसी दिइएको हो । उनलाई जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फहानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीले जनाएको छ ।समाचारमा उनको अन्तिम संस्कार बिहीबार दिउँसो एक ‘सुरक्षित क्षेत्र’ […]
२०८३ बैशाख १८ गते, शुक्रबार