कालिकोट र सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था अनिबार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले कालिकोट र सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था अनिबार्य भएको बताएका छन्। सोमवार कालिकोटको पलाँतास्थित थ्रिपुमा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले अब कालिकोट सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था विना विकास सम्भव नभएको ठोकुवा गर्दै त्यसका लागि जनताको नेता र राष्ट्रिय स्वाधीनताप्रति प्रतिबद्ध नेता विजय गराउनुको बिकल्प नभएको बताए । उनले कर्णालीलाई पछि पार्ने सिंहदरवारका शाषकहरु भएको भन्दै समाजवादबाट मात्र कर्णालीको विकास हुने बताए । उनले भने- ‘हाम्रो कणालीलाई पछि पार्ने सिंहदरवारका शाषकहरु हुन, सिंजा राज्य खोसिएदेखि कर्णालीमाथी उत्पीडन भयो,०४६ सालदेखि अझै उत्पीडन बढयो,जनयुद्ध त्यसैको उपच हो,माओवादी आन्दोलनले कर्णालीलाई चिनाउने र अधिकारको लागि लड्ने शक्ति दिएको हो, तर माओवादीको एउटा हिस्सा खाओवादीमा परिणत हुदा हामीले सोचे जस्तो भएन ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले माओवादी आन्दोलनमा विचलन देखापरेपछि आफूहरुले माओवादी आन्दोलन बचाउन र जनताको संविधान र व्यवस्थाका लागि संघर्ष गरेको बताउदै ०६४ सालमा संविधान सभामा संविधान बनाउनको लागि जनताले जिताएर पठाएपनि २ बर्षमा बनाउने भनेको संविधान ४ बर्ष पनि नबनाउने षड्यन्त्र हुदा अन्ततः हत्या गरिएको तथ्य प्रस्तुत गरे । उनले पहिलो संविधान सभाको हत्या भएपछि विदेशीहरुको षड्यन्त्रमा जनविरोधी संविधान बनाउन दोस्रो संधिवान सभाको चुनाव गरिएको प्रष्ट्याए ।
प्रवक्ता प्रकाण्ड सीले माओवादी आन्दोलना केही नेताहरु पञ्चायती शाषकहरु भन्दा बढी बदनाम भएको देख्दा लाज लागेको बताउदै ०६४ सालमा राहुनेटामा चुनावी सभामा आफूले जनताको राज्य स्थापना भएपछि रोपवे बनाउन सकिने सम्भावनाको कुरा गरेकोलाई नकरात्मक रुपमा पलातामा रेल पुर्याउने भनेर गलत हल्ला फैलाएको बताए ।
