‘कालिकोट र समग्र देश विकासको लागि जनताको नेतालाई जिताउनु होला’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले कालिकोट र समग्र देश विकासको लागि जनताको नेतालाई जनतालाई जिताउन आग्रह गरेका छन्। शुक्रबार कालिकोटको लालु ,पिपलरुख र डाँटीकाँधमा भएको स्वागत पछिको सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले अहिलेको चुनाव विगतको चुनाव जस्तो नभएको भन्दै यतिवेला देश बचाउने र जनताको संविधान पूर्नलेखन गर्ने चुनाव भएकाले आफूलाई भोट दिएर पठाउनुको बिकल्प नभएको बताए । उनले जनताको न्यानो मायाप्रति धन्यवाद दिदै कालिकोट र समग्र देश विकासको लागि जनताकै नेतालाई जनताले जिताउनु पर्ने तथ्य प्रस्तुत गर्दै भ्रष्टाचारी र राष्ट्रघाती नेताहरुलाई जिताएर पठाए देश बर्वाद हुने ठोकुवा गरे ।
