ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

२०८२ चैत्र १५ गते, आईतवार


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान थालेको हो।। सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
तीन पूर्वप्रधानमन्त्रीसँगै दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल-अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ। आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रहेश लेखकलाई पक्राउ गरेको थियो। उनीहरू दुवैलाई हिजो ज्यानसम्बन्धि मुद्दामा पक्राउ गरिएको हो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाएको मुद्दा छुट्टै हो। विभागले अनुसन्धान गरिरहेको मुद्दामा आज पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
देउवा दम्पति देशबाहिर छन्। प्रचण्ड र भूषण राणालाई भने पक्राउ गरिएको छैन। सम्पत्ती शुद्धीकरणको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। ओली र लेखको ज्यानसम्बन्धी छुट्टै मुद्दामा भने जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]