पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् । ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाटै पक्राउ गरेको थियो।

यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो । उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।

प्रतिक्रियाहरु

[anycomment]