नेकपा (माओवादी) केन्द्रिय समितिको बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठक सो पार्टीको मुख्यालय कपिलवस्तुको शिवगढिमा सुरु भएको छ । गत फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि पहिलो पटक बसेको केन्द्रिय समितिको बैठकले चुनावी समिक्षा, आगामी योजना तय गर्ने बताइएको छ ।
बैठकमा महासचिव विप्लव सीले ‘बैचारिक प्रतिबद्धता सहित कम्युनिस्ट आन्दोलनलाई रक्षा र रुपान्तरण गर्न जोड गरौँ , सरकारका निरंकुश कदमका बिरुद्ध संघर्ष निर्माण गरौँ , जनतामा समाजवादी सत्ताको बिचार प्रवाह गरौँ ‘ बिषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेको बताइएको छ ।
