नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा काठमाडौंको खुल्लामञ्चमा आयोजित आमसभामा १४ बुँदे घोषणापत्र जारी गदै दुई पार्टीबिच पार्टी एकता भएको हो । पार्टी एकतामा पार्टीका सम्पूर्ण कमिटिमा न्यायपूर्ण एकता गरिने बताइएको छ ।
