मुग्लिन–नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

२०७९ श्रावण २० गते, शुक्रबार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेका कारण आज बिहान २ बजेदेखि सडक पुर्णरुपमा अवरूद्ध भएको हो। दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार