पश्चिमी वायुको प्रभावले वर्षा

२०८० बैशाख २१ गते, बिहीबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागमा केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार