एनपीएल: आज लुम्बिनी र काठमाडौं भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ बजेपछि सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानत्वमा तथा काठमाडौँ करण केसीको नेतृत्वमा मैदानमा उत्रनेछ।
चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफको सम्भावना थप बलियो बनाउने दाउमा छ। अर्कोतर्फ, ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको काठमाडौँ पनि जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहनेछ।
यस प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
