यू-१९ एसिया कप : नेपाल र यूएई भिड्दै

२०८३ कार्तिक २२ गते, आईतवार


काठमाडौँ । अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपालले आज युनाईटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुनेछ । समूह ए मा रहेका नेपाल र युएई आज पहिलो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्।
दुवै टोलीले आफ्नो पहिलो खेलमा पराजय भोगेका छन् । नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो भने युएई पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।
नेपालका लागि युएई सहज प्रतिद्वन्द्वी हो। नेपाल र युएईको अन्डर नाइन्टिन टोलीबीच भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेल जितेको छ भने एउटा खेल डिएल मेथडका आधारमा युएईले जितेको छ।
नेपालले सेमिफाइनको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजै समूह ए का भारत र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु