भारतीय राजदूत श्रीवास्तव कार्यकाल पूरा गरी स्वदेश फर्किँदै

२०८३ आश्विन १५ गते, बिहीबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चार वर्षभन्दा बढी समयको कार्यकाल पूरा गरी आज स्वदेश फर्किँदैछन्। सन् २०२२ जुनमा नेपाल आएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन कूटनीतिक संवाद, विकास साझेदारी र आर्थिक सहकार्यलाई प्राथमिकता दिएका थिए।
यसैबीच, कार्यकालको अन्तिम चरणमा श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र शाहसँग छुट्टाछुट्टै बिदाइ भेट गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]