कुवेतमा ज्यान गुमाएका तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

२०८३ श्रावण १६ गते, शनिबार

काठमाडौँ । परराष्ट्र मन्त्रालयका अनुसार उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ । तामाङको पार्थिव शरीर कुवेत एयरवेजमार्फत स्वदेश ल्याउन लागिएको हो ।
कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]