साफ च्याम्पियनसिप २०२६ को ‘ड्र’ सार्वजनिक
काठमाडौँ । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ शनिबार सार्वजनिक भएको छ । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको हाे । प्रतिबन्धका कारण साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ मा नेपाल समावेश गरिएकाे छैन । तर प्रतियोगिता शुरु हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ । भुटानको थिम्पुमा आयोजित कार्यक्रममा सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेशसहित श्रीलंका र भुटान रहेका हुन् ।
यदि प्रतियोगिता शुरु हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह ‘ए’ मा पर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिता आगामी नोभेम्बर ४ देखि १७ तारिखसम्म बङगलादेशको ढाकामा हुने भएकाे हाे । समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने भएका छन् ।
